काठमाडौं । जनकपुरधामस्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा सञ्चालन हुने भएको छ । लामो समयदेखि शहरी विकास मन्त्रालयको नियन्त्रणमा रहेको उक्त केन्द्रलाई थप प्रभावकारी बनाउन सरकारले विश्वविद्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेसँगै मिथिला संस्कृतिको अध्ययन र अनुसन्धानमा नयाँ आयाम थपिने अपेक्षा गरिएको हो । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले शनिवार जनकपुरधाममा