धनुषा । मिथिलाञ्चलका गाउँबस्तीमा साँझ पर्नासाथ हातमा रङ्गीचङ्गी माटाका आकृति राखिएको बाँसको डाला, त्यसमा बलिरहेको दियो र समूहमा गुञ्जिने लोकगीतले वातावरण नै उल्लासमय बन्छ । युवती तथा महिलाहरूको सामूहिक स्वरमा गुञ्जिने सामा–चकेवाका गीतले दाजुभाइप्रतिको माया, दिदीबहिनीबीचको आत्मीयता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मिथिलाको सांस्कृतिक परम्परालाई जीवन्त बनाउँछ । मिथिलाञ्चलमा छठ पर्वसँगै सुरु हुने सामा–चकेवा केवल