गोरखामा पहिरोले बूढीगण्डकी थुनिने खतरा कति ? प्रशासन भन्छ– जोखिम छैन

  • शनिबार २९ कात्िक २०८३ ०७:४२ AM
काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो गएको छ । शनिबार बिहान करिब ९ बजे गएको पहिरोका कारण ठूलो मात्रामा ढुंगा, माटो र धुलो खसेको स्थानीयले बताएका छन् । पहिरोबाट खसेका केही ढुंगा र माटो बूढीगण्डकी नदीसम्म पुगे पनि नदी थुनिने अवस्था नरहेको स्थानीय प्रशासनले जनाएको छ