संगीतमय बन्दै मधेस, घरघरमा गुन्जिँदैछ समाचकेवाको गीत

  • शनिबार २९ कात्िक २०८३ ०१:०० PM
महोत्तरी : मधेसमा अहिले समा चकेवाको चर्चा चुलिएको छ। छठपर्वको खरना दिनदेखि यसभेगमा महिलाहरू सामूहिक रुपमा समा चकेवाको लोकगीतमा झुम्ने गरिन्छ।व्रतालुले छठपर्वको खरना विधि मनाउने तयारी गरिरहेको क्रममा युवतीहरू भने आज दिउँसो माटोको कलात्मक समा चकेवाको मुति बनाएका छन्। जुन हरेक राति सो मूर्तिलाई डालोमा राखि लोकशैलीमा गीत गाउँदै समाचकेवा खेल्ने भएको छ।दिदिबहिनी तथा दाजुभाइबीचको अमर प्रेमको प्रतिक रहेको समा चकेवाको गीत आजदेखि घरघरमा गुन्जिरहेको छ। माटोले कलात्मक एवम् आकर्षक रुपमा निर्माण गरिएको समा चक