काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चीन भ्रमणमा जान लागेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डललाई नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्न निर्देशन दिएका छन् । शनिबार आफ्नै निवास बुढानीलकण्ठमा चीन उड्ने तयारीमा रहेको नेताहरुको टोलीलाई लामिछानेले उक्त निर्देशन दिएका हुन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा