काठमाण्डु – हेटौँडामा अर्धस्वचालित पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। शनिबार बिहान अवैध सामान ओसारपसार भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) सुवर्ण थापाको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–१ स्थित तिरतिरे धारानजिकै ना. १ ह ११८१ नम्बरको अटोलाई