नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले बढ्यो

  • शनिबार २९ कात्िक २०८३ ०६:४१ AM
काठमाडौं । नेपाल टेलिकमको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३७.३५ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्म १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ थियो ।