गोरखाको धार्चे गाउँपालिका–१ ठाडोभ¥याङ क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो खसेको छ । बुढीगण्डकी नदीपारि पर्ने क्षेत्रमा बिहान करिब साढे ८ बजे पहिरो खसेको हो । अधिकारीहरुका अनुसार ठाडोभ¥याङतर्फ ठूलो पहिरो खसेको छ भने यारुबगरको क्यान्टिलिभर पुल आसपास पनि पहिरो गएको छ । पहिरोले ठूलो क्षेत्र ओगटे पनि मानवीय तथा भौतिक क्षति भएको कुनै विवरण