गोरखामा फेरि गयो सुख्खा पहिरो

  • शनिबार २९ कात्िक २०८३ १२:०० PM
गोरखा :  गोरखाको धार्चे गाउँपालिकामा पुनः सुख्खा पहिरो गएको छ। धार्चे गाउँपालिका वडा नं. १ स्थित ठाडो भर्याङ र यारुमा शनिबार बिहान ८:१५ बजे ठूलो सुख्खा पहिरो गएको प्रत्यक्षदर्शी प्रदीप खत्रीले जानकारी दिएका छन्।प्रत्यक्षदर्शी खत्रीका अनुसार ठाडोभर्याङतर्फ ठूलो पहिरो खसेको छ भने यारुबगरस्थित क्यान्टिलिभर पुलतर्फ सानो पहिरो गएको छ। पहिरोले ठूलो क्षेत्र ओगटे पनि हालसम्म कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।यसअघि गत असोज २५ गते चुमन