वृद्ध नारी लुना ढलेको वृक्षको ठुटोमा बसिन्। उनले आकाशमा हेरिन्। चराहरू उडिरहेका थिए। हत्केलो निधारमा राखेर चम्किरहेको सूर्यलाई हेरिन्। नरम पात टिपेर अनुहार र घाँटी पुछिन्।नजिकै एउटा रुख थियो। फलहरू भरेली थिए। उनी फल टिपेर खानुपर्यो भन्ने सोच्दै रुखमा चढ्न खोजिन्। किन्तु बर्कतले साथ दिएन। उनले भुइँमा झरेका केही फल टिपिन्। भित्री दाँत सबै झरिसकेका थिए। कमजोर भइसकेका अगाडिका दुइटा दाँतले राम्रोसँग चपाउन सकेनन्।वृद्धाले आफ्नो शरीरलाई नियालेर हेरिन्। तिघ्रा मसिना भएछन्। पिँडौलाको मासु झोल्लिएर ल