काठमाण्डु – गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङको जंगल क्षेत्रमा सुक्खा पहिरो गएको छ । शनिबार बिहान करिब ९ बजे एक्कासि धुलोसहितको पहिरो खसेको हो । पहिरो खसेर केही ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिएका छन् । उनका अनुसार पहिरो खसेको स्थान फराकिलो पाखो