चीन जानुअघि सभापति लामिछानेसँग सल्लाह लिँदै रास्वपा प्रतिनिधिमण्डल

  • शनिबार २९ कात्िक २०८३ ०६:०५ AM
काठमाडौं । चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ । प्रतिनिधिमण्डलले आज बिहान सभापति लामिछानेसँग सभापति निवासमा भेट गरी चीन भ्रमणका विषयमा छलफल तथा परामर्श गरेको हो । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय टोली भोलिदेखि