काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले चीन भ्रमणमा जानुअघि पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन् । आज बिहान उनीहरुले पार्टी सभापति लामिछानेसँग छलफल गरेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलिदेखि चीन भ्रमणमा जाँदैछ । चीन भ्रमणकै सन्दर्भमा टोलीले पार्टी सभापति लामिछानेसँग सभापति निवासमा छलफल तथा सल्लाह गरेका हुन् । The post चीन भ्रमणमा जाने टोलीले गरे सभापति लामिछानेसँग छलफल appeared first on Kalika Khabar.