राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ६० लाख बराबर क्षति

  • शनिबार २९ कात्िक २०८३ ११:०० AM
भक्तपुर : भक्तपुरको मध्यपुर थिमि-५ स्थित प्रजापति कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान करिब ८ बजे कम्प्लेक्सको माथिल्लो तलामा अचानक आगलागी भएको थियो । जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब एक घण्टामा आगो निभाइएको घरधनी गणेशराज प्रजापतिले बताएका छन् ।आगो नियन्त्रणमा जुद्द बारूण यन्त्रको एउटा दमकल, काठमाडौबाट आएको एउटा  दमकल, नेपाली सेना रणशेर गण सूर्यविनायकबाट सहसेनानी शिव बहादुर बुढाको कमान्डमा २० जनाको टोलि, सशस्त्र प्रहरी