कोप ३१ कार्यसूचीमा पर्वतीय एजेन्डासम्बन्धी प्रस्ताव समावेश भएन तर अझै पनि अध्यक्षताको परामर्श प्रक्रियामार्फत छलफलको क्रममा रहेको छ। प्रारम्भिक पूर्ण बैठकमै केही विषयहरूमा सहमति भइसकेको छ। जसमा सन् २०२७ र २०२८ मा दुईवटा पर्वतीय संवाद आयोजना गर्ने, अनुसन्धान संवादअन्तर्गत पर्वतीय मुद्दाहरूमा छलफल गर्ने तथा पर्वतीय विषयसँग सम्बन्धित उच्चस्तरीय कार्यक्रम आयोजना गर्ने विषयहरू समावेश छन्। साथै, कोप ३१ का अन्तिम निष्कर्षहरूमा बाँकी प्राथमिकताहरूलाई समेत समेट्ने अवसर अझै कायम रहेको छ।अ