छठ मनाउन कांग्रेस सभापति थापा वीरगन्ज आउने

  • शनिबार २९ कात्िक २०८३ ११:०० AM
वीरगन्ज : नेपाली कांग्रेसका सभापति गगन थापा छठ मनाउन वीरगन्ज आउने भएका छन्। थापाले छठको 'बिहनिया घाटे' (उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन) सोमबार बिहान वीरगन्ज–१० स्थित घडिअर्वा छठघाटमा आएर छठीमाई र सूर्य भगवान्‌को पूजापाठ तथा दर्शन गर्ने कांग्रेस सहमहामन्त्री अजय चौरसियाले जानकारी दिए।चौरसियाका अनुसार छठको मुख्य दिन आइतबार साँझ थापा काठमाडौँबाट सर्लाही जानेछन्। त्यस दिन साँझ सर्लाहीको छठघाटमा पुगेर छठीमाईको दर्शन गरेपछि उनी आइतबार राति नै बास बस्न सर्लाहीबाट वीरगन्ज आइपुग्नेछन