जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् । लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित गंगासागरमा छठ पर्व मनाउन आउन लागेका हुन् । रास्वपा मधेश प्रदेश कार्यालयका अनुसार लामिछाने शनिबार दिउँसो १२ः१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा