आज छठ पर्वको दोस्रो दिन, खरना विधि मनाइँदै

  • शनिबार २९ कात्िक २०८३ ०४:४८ AM
काठमाडौं । सूर्यदेवको पूजा गरी मनाइने छठ पर्वको दोस्रो दिन आज शनिबार ‘खरना’ विधि मनाइँदै छ । चार दिनसम्म मनाइने छठ पर्वमा खरनालाई विशेष महत्त्वका साथ लिइन्छ । खरनाका दिन व्रतालुहरू दिनभर भोकै बसेर साँझ पूजा गर्छन् । त्यसपछि चामल, दूध र सक्खर मिसाएर बनाइएको खीर प्रसादका रूपमा खाने चलन छ । व्रतालुहरूले उक्त प्रसाद