छठ पर्वको खरना विधि गरिँदै

  • शनिबार २९ कात्िक २०८३ १०:०० AM
महोत्तरी: छठपर्व अन्तर्गतको खरना विधि आज राति मनाइँदै छ। दिनभरि उपवास बसेका व्रतालुहरूले साँझको समयमा घरमा अत्यन्त निष्ठापूर्वक दूध, चामल र सख्खरबाट तयार पारिएको खीर, लड्डु तथा फलफूल छठी मातालाई अर्पण गरेर खरना विधि मनाउँछन्।खरना मनाउनका लागि व्रतालु आज दिनभरि नै निर्जल उपवास बस्छन्। अति नै निष्ठा एवं श्रद्धापूर्वक मनाइने छठअन्तर्गतको मुख्य पूजा भने भोलि आइतबार साँझ हुने भएको छ। जसका लागि व्रतालुहरू स्वयम् पनि तीव्र तयारीमा जुटेका छन्।अहिले जलाशयको छेउ (घाट) लाई आकर्षक ढंगले सजाउने कार्यमा स्थान