यो देशको नेता हुनु भनेको हुनु हो – कुनै वधशालाको सञ्चालक। समयसमयमा आउने गरेका परिवर्तन अघिका डढेला र पछिका पहिराहरूले प्रमाणित गरिरहेको कटु सत्य हो यो।संविधान, नियम र कानुन उसले भाषणलाई रोचक पार्नजोड्ने फुँदाहरू मात्र हुन्। नाता र नगद मात्र हुन् उसको देवीथानमा चढ्ने पाती ।विडम्बना! इमानसँगै हराउने गरेको छ यहाँ न्याय पनि।&