कोपमा चुक्यो नेपाल,‘हरायो’ हिमाल!

  • शनिबार २९ कात्िक २०८३ ०९:०० AM
काठमाडौं : विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपालले हिमालको एजेन्डा प्रमुख वार्ताहरूमा समावेश गर्ने प्रयास गरे पनि सफल हुन सकेन। नोभेम्बर ९ देखि टर्कीको अन्ताल्यामा सुरु भएको कोप–३१ मा सरकारले हिमालका मुद्दा स्थापित गर्ने दाबी गरिरहेको थियो।तर, हिमालको विषय कोपको मुख्य एजेन्डा बनाउन सरकारले पर्याप्त प्रयास नगरेको भन्दै आलोचना भइरहेको छ। ठूलै तामझामसहित मन्त्री, सांसद र सरकारी प्रतिनिधिहरू सम्मेलनमा भाग लिन टर्की पुगे पनि हिमालको एजेन्डा मुख्य विषय नबन्दा जलवायुजन्य प्रकोपबाट पीडित ने