काठमाडौं : १५औं महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आधिकारिक अभिलेख अध्यावधिकका लागि निर्वाचन आयोगमा कागजात पेस गरेको छ।तर आयोगले ती विवरण अध्यावधिक भने गरिसकेको छैन।विशेष महाधिवेशन हुँदै १५औं महाधिवेशन गरेको थापा पक्ष पार्टीको आधिकारिक नभएको दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनको तयारी तीव्र पारेको छ।देउवा पक्षले वडा, निर्वाचन क्षेत्र हुँदै धमाधम जिल्ला अधिवेशन गरिरहेको छ।थापा नेतृत्वको कांग्रेसले असोज १८ देखि २३ गतेसम्म का