अन्टाल्या (टर्की) : नेपालले आफ्नै जलविद्युत् र स्वच्छ ऊर्जाको उपयोग गरी ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापना गर्ने योजना अघि सारेको छ। आगामी पाँच वर्षभित्र वार्षिक पाँच लाख टन हरित युरिया (ग्रिन युरिया) उत्पादन गर्ने लक्ष्यसहित सरकारले स्वदेशी तथा विदेशी लगानीकर्ता र प्रविधि प्रदायकलाई लगानीका लागि आह्वान गरेको हो।जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) अन्तर्गत टर्कीको अन्टाल्यामा आयोजित कार्यक्रममा नेपाल सरकारले मल कारखाना स्थापनाको लागि आह्वान गरेको