बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

  • शनिबार २९ कात्िक २०८३ ०५:०० AM
भक्तपुर : बसको ठक्करबाट भक्तपुरमा एक १४ वर्षीया बालिकाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–००१–२३६६ नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार १४ वर्षीया भूमिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।खोटाङ घर भएका मोटरसाइकल चालक रोशन राई घाइते भएका