काठ्माण्डौँ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति कायम गर्न युरोपको सुरक्षा संरचनामै परिवर्तन हुनुपर्ने माग अघि सारेका छन् ।अमेरिकी प्रतिनिधि स्टिभ विट्कफ र जेरेड कुशनरसँगको वार्तापछि क्रेमलिनले दीर्घकालीन शान्ति र अविभाज्य सुरक्षा संरचना आवश्यक रहेको जनाएको छ ।रुसले युक्रेन र जर्जियालाई नेटोको सदस्य बन्न रोक्नुपर्ने तथा पूर्वी र मध्य युरोपमा नेटोको सैन्य संरचना घटाउनुपर्ने पुरानै माग फेरि अघि सारेको बिबिसिले जनाएको छ ।पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले पश्चिमी देशहर