भारतीय मन्त्रीको सगाईमा एक लाख पाहुना

  • शनिबार २९ कात्िक २०८३ ०१:०० AM
अलिगढ : भारतको उत्तर प्रदेशका आधारभूत शिक्षा राज्यमन्त्री सन्दीप सिंह र उनका भाइ सौरभ सिंहको सगाई समारोहमा करिब एक लाख पाहुना सहभागी हुने भएका छन् ।शनिबार अलिगढको तालानगरीमा आयोजना हुने समारोहमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उपमुख्यमन्त्री केशव प्रसाद मौर्य तथा अण्डमान–निकोबारका उपराज्यपाल दिनेश शर्मासहित प्रदेश सरकारका दर्जनौँ मन्त्री सहभागी हुने कार्यक्रम छ ।समारोहका लागि ठूलो मैदानमा भव्य पण्डाल निर्माण गरिएको छ । कार्यक्रममा गायक कैलाश खेरले सांगीतिक प्रस्तुति द