भोटेकोसी बाढीका १७० मृतक र हराएका परिवारलाई ६६ करोड बराबरको सामाजिक सुरक्षा कोषको सहारा

  • शुक्रबार​ २८ कात्िक २०८३ १०:०० PM
काठमाडौँ । गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले त्यस क्षेत्रमा सञ्चालित जलविद्युत् आयोजना, निर्माण स्थल तथा सेवा प्रदायक संस्थामा अपूरणीय क्षति पुऱ्यायो । कार्यस्थलमा खटिएका श्रमिकमध्ये चार जनाको मृत्यु पुष्टि भएको छ भने १६६ जना बेपत्ता तथा सम्पर्कविहीन रहेका छन् । बाढीको यस दर्दनाक विपत्तिमा परेका कुल १७० जना योगदानकर्ता श्रमिक र तिनका आश्रित परिवारको भविष्य सुरक्षित गर्न सामाजिक सुरक्षा कोषले ६५ करोड ९८ लाख ७१ हजार ४२२ बराबरको दायित्व वहन गर्नुपर्ने प्रारम्भिक अनुमान गरिएको छ । घटना लगत्तै सामाजिक सुरक्षा कोषले प्रभावित रोजगारदाता र योगदानकर्ताको विवरण यकिन गर्न, तत्काल तथा दीर्घकालीन दायित्व निर्धारण गर्न र सुविधा वितरणका प्रक्रिया अघि बढाउन  गत भदौ १८ गते कोषका निर्देशक उत्तम राज नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । कार्यदलले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ (पाँचौँ संशोधनसहित)का प्रावधानका आधारमा रोजगारदाताबाट प्राप्त विवरण विश्लेषण गरी दायित्वको प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन अनुसार कोषको कुल अनुमानित दायित्वलाई दुई मुख्य भागमा विभाजन गरिएको छ : तत्काल भुक्तानी हुने दायित्व सात करोड ८८ लाख ६८ हजार ८३४ (१२%): वृद्धावस्था (पेन्सन तथा अवकाश) कोषको सञ्चित रकम फिर्ता: मृत तथा बेपत्ता श्रमिकका हकवालालाई सञ्चित रकम बापत सात करोड ४६ लाख १८ हजार ८३४ (११