डीडीसी अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

  • शुक्रबार​ २८ कात्िक २०८३ ०३:४० PM
दुग्ध विकास संस्थान (डीडीसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानमा भएको आर्थिक हिनामिना तथा संगठित अपराधमा संलग्न रहेको आरोपमा सर्लाहीका ४५ वर्षीय शर्मालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो। उनलाई जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको ब्युरोले