काठमाडौं। नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २५ औं खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित हुँदै जनकपुर बोल्ट्स प्लेअफ समीकरणबाट बाहिरिएको छ। त्रिवि क्रिकेट स्टेडियममा भएको खेल ‘लो स्कोरिङ’ खेल थियो।पिचको समस्याका कारण जनकपुर बोल्ट्सको कुनैपनि ब्याटरले टिकेर रन बनाउन सकेनन्। टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८८ रन मात्रै बनाएको थियो। ८९ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७.२ ओभरमा ६ विकेट गुमाउँदै ९२ रनसहित लक्ष्य पूरा गर्यो। चितवन राइनोजका लागि डेविड मलानल