डीडीसीको विराटनगर आयोजना प्रमुख शर्मा सीआईबीद्वारा पक्राउ

  • शुक्रबार​ २८ कात्िक २०८३ ०२:५७ PM
काठमाण्डु – दुग्ध विकास संस्थान (डीडीसी) लाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्‍याएर गैरकानुनी लाभ लिएको आरोपमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्मालाई शुक्रबार ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक तथा कर्मचारीहरूको संलग्नतामा गैरकानुनी रूपमा आर्थिक