बल्खु–दक्षिणकाली–हेटौँडा रुटमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

  • शुक्रबार​ २८ कात्िक २०८३ ०८:०० PM
काठमाडौं  : काठमाडौँबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा चल्ने सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। लगातार बढ्दो सवारी दुर्घटना र यसबाट भइरहेको मानवीय क्षतिलाई मध्यनजर गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँले नयाँ नियमसहितको समय तालिका सार्वजनिक गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलद्वारा जारी गरिएको अति जरुरी सूचना अनुसार उक्त रुटमा रात्रिकालीन समयमा सार्वजनिक तथा यात्रुबाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।   प्रशासनका अनुसार अब बल्ख