विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

  • शुक्रबार​ २८ कात्िक २०८३ ०१:५६ PM
गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलन (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी शुक्रबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध