आसाममा मिनी बस र ट्रक ठोक्किँदा २३ जनाको मृत्यु

  • शुक्रबार​ २८ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : भारतको आसाममा मिनीबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। काजीरंगा राष्ट्रिय निकुञ्ज नजिकै यो दुर्घटना भएको हो। मिनीबसमा यात्रा गर्ने धेरैजसो कलेजका विद्यार्थीहरू आफ्नो कक्षाबाट फर्किरहेका थिए। मिनीबस गोलाघाटबाट नागाउँ तर्फ गइरहेको थियो भने कन्टेनर ट्रक माथिल्लो आसाम तर्फ गइरहेको थियो। मृत्यु हुनेमा दुई महिला पनि रहेको एक प्रहरी अधिकारीले बताए। मृतकको पहिचान अझै खुल्न सकेको छैन।गोलाघाटका वरिष्ठ प्रहरी उपरीक्षक स्वप्नील डेकाले दु