काठमाण्डु- नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले शुक्रबार एकै दिन सरकारका दुई मन्त्री, परराष्ट्र सचिव र निजी क्षेत्रका प्रतिनिधिसँग भेटवार्ता गरेका छन्। पछिल्लो समय नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास भइरहेका बेला राजदूत दलेलाको सक्रियता बढेको हो। राजदूत दलेलाले पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग भेट गरी नेपाल–भारतबीच पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने