काठमाण्डु – सन् २००३ को जुलाईमा सोनिया गान्धी हिमाचल प्रदेशको सिमलामा आयोजित कांग्रेसको एक चिन्तन बैठकको अध्यक्षता गरिरहेकी थिइन्। उक्त बैठक अर्को वर्ष हुने लोकसभा निर्वाचनको तयारीका लागि बोलाइएको थियो। बैठकको वातावरण उत्साहपूर्ण थियो । आगामी चुनावबारे त्यहाँ खुला रूपमा छलफल भइरहेको थियो। अटल बिहारी वाजपेयी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारलाई सत्ताबाट हटाउन क्षेत्रीय