छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

  • शुक्रबार​ २८ कात्िक २०८३ ११:२५ AM
काठमाडौं । छठ पर्वको सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने भएको छ । सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिएका छन् । उनका अनुसार छठ पर्वका दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म राहदानीसम्बन्धी सेवा उपलब्ध हुनेछ ।