काठमाडौं । कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्की बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पछिल्ला घटनाले सन् १९९० को दशकमा मुम्बईको चलचित्र उद्योगमा आपराधिक गिरोहको प्रभाव रहेको समयको सम्झना गराएको छ । कलाकारका साथै उनीहरूका परिवार र बालबालिकाको सुरक्षाका लागि निजी अङ्गरक्षकको माग बढेको छ । प्रहरीले पछिल्ला