सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए सपथ

  • शुक्रबार​ २८ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : सर्वोच्च अदालतका नवनियुक्त चारजना न्यायाधीशले सपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायाधीशहरू रत्नबहादुर बागचन,चन्द्रबहादुर सारु,जनक पाण्डे र गोकर्ण डाँगीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज बिहान उनीहरुलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका थिए।