काठमाण्डु- भारतले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा दोस्रो ठूलो हार बेहोरेको छ । पाँच खेलको शृंखलाअन्तर्गत शुक्रबार भएको चौथो खेलमा न्युजिल्यान्डले भारतलाई २४४ रनले पराजित गरेको हो । माउन्ट माउङ्गानुईमा न्युजिल्यान्डले दिएको ३३४ रनको लक्ष्य पछ्याएको भारत २६.४ ओभरमा ८९ रनमै अलआउट भयो । भारतको ब्याटिङ सुरुआत नै निकै खराब रह्यो । न्युजिल्यान्डका तीव्र गतिका बलर