काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबिच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । एकतीसौँ पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको भेटवार्तामा नेपाल–भारतबिचको व्यापार, पारवहन, औद्योगिक सहकार्य, लगानी प्रवर्द्धन, गुणस्तर प्रमाणीकरण तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच लगायतका महत्वपूर्ण विषयमा विस्तृत छलफल भएको