काठमाण्डु – राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माबाट नवनियुक्त न्यायाधीशहरूले शपथ लिएका छन् । नवनियुक्त न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।