एउटा सिट नपाउँदा छुट्टिएका अवधेश, दुर्घटनाले एकैपटक खोस्यो गर्भवती श्रीमती, तीन छोरी र दुईजना भाइ

  • शुक्रबार​ २८ कात्िक २०८३ ११:०९ AM
हेटौंडा- कहिलेकाहीँ एउटा सानो संयोगले मानिसको जीवनमा ठूलो अर्थ राख्छ। सर्लाहीका अवधेश यादवका लागि पनि बिहीबारको दिन त्यस्तै बन्यो। काठमाडौंमा गाडीमा सिट नपाएपछि उनी परिवारसँगै घर जान पाएनन्। ‘म भोलि आउँछु’ भन्दै उनले गर्भवती श्रीमती, तीन छोरी र दुई भाइलाई छठ मनाउन घर पठाए। आफू भने काठमाडौंमै रोकिए। तर, अर्को दिन घर पुग्ने उनको योजना