काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको पर्खाइमा छन् भने गाउँका अधिकांश घरमा दुई दिनदेखि चुलोसमेत बलेको छैन । छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही आउँदै गरेको इभी बिहीबार बिहान करिब ६ बजे मकवानपुरको भीमफेदी