काठमाडौं । सर्वोच्च अदालतका चार न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले नवनियुक्त न्यायाधीशहरूलाई शपथ गराएका हुन् । न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) अनुसार उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा आज नियुक्त गरेका थिए । नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,