नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग भेटवार्ता गरेका छन् । भेटमा नेपाल–भारतबीचको कनेक्टिभिटी विस्तार, जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ । भेटवार्तामा दुवै देशबीचको घनिष्ठ मित्रता र सहकार्यका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा फलदायी विचार आदानप्रदान भएको भारतीय दूतावासले जनाएको छ