विराटनगर : जग्गाको कित्ताकाट र अंशबन्डाका लागि लामो समयदेखि सरकारी कार्यालय धाउनुपर्ने विराटनगरवासीको समस्या अब हट्ने भएको छ। महानगरपालिकाले १९ वटै वडाको भू–उपयोग क्षेत्र वर्गीकरण पूरा गरी नापी कार्यालयमा विवरण पठाएपछि जग्गा विभाजनको बाटो खुलेको हो। भू–उपयोग वर्गीकरण नहुँदा रोकिएको कित्ताकाटको प्रक्रिया अब अघि बढ्नेछ । यसबाट जग्गा किनबेच, परिवारभित्रको अंशबन्डा तथा आवश्यकताअनुसार जग्गा छुट्याउने काम सहज हुने महानगरले जनाएको छ। महानगरपालिकाले शुक्रबार नापी कार्यालय विर