काठमाडौं : तिहार बिदापछि शुक्रबार खुलेको सेयर बजारमा एकल अंकको गिरावट आएको छ। सरकारले कात्तिक २२ गतेदेखि २६ गतेसम्म तिहारको सार्वजनिक बिदा दिएको थियो। लामो बिदापछि खुलेको बजारमा नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा अडिएको हो।यसदिन ३३५ वटा स्क्रिप्सको ७८ लाख ४४ हजार २६७ कित्ता सेयर ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार ७२५ रुपैयाँमा खरिदबिक्री भए। कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर सर्वाधिक ७.५६ प्रति