तीन किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ

  • शुक्रबार​ २८ कात्िक २०८३ ०४:०० PM
काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो थाई गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।पक्राउ पर्नेमा २५ वर्षीय सुबोध कुमार रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो गौचरणबाट खटिएको टोलीले थाई एयरवेजको टीजी–३१९ मार्फत आएका यात्रुहरूलाई जाँच गर्ने क्रममा उनलाई गाँजासहित पक्राउ गरेको हो।प्रहरीले उनको साथबाट तीन किलो गाँजासँगै एक थान मोबाइल र एक थान पासपोर्टसमेत बरामद गरेको छ।