नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएका शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

  • शुक्रबार​ २८ कात्िक २०८३ ०३:०० PM
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगले मोरङस्थित श्री आदर्श निकेतन आधारभूत विद्यालयका शिक्षक सुरेन्द्रकुमार विश्वास थारूविरुद्ध शुक्रबार विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो।झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा प्राप्त गरेको आरोप उनीमाथि छ। आयोगले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी गरेको छ।