काठमाडौं : अन्तर्राष्ट्रिय दूरसञ्चार ससंघ (आइटियु)को महासम्मेलनमा सहभागी भएर सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना स्वदेश फर्किएका छन्।कतारको दोहामा आयोजना गरिएको उक्त सम्मेलनमा सहभागी भई सञ्चारमन्त्री तिमिल्सिना शुक्रबार स्वदेश फर्किएका हुन्। स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण र प्रभावकारी भएको बताए।उनले देशको आवश्यकता र रुचिअनुसार विभिन्न देशहरूसँग द